२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

काठमाडौँ । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ ।

दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ । बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान ९डीडीसी० को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com