२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रिय जनमोर्चा मै छु माओवादीमा गएको छैन युवा नेता : रोसन दानी

नेकपा (माओवादी केन्द्रं) काठमाडौँ चन्द्रागिरि नगरको दोस्रो सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा उनलाई वडा नं.१ को वाई.सी.एल. अध्यक्ष भएको उल्लेख गरिएपछि उनले यस्तो जानकारी दिएका हुन् । २०७८ मङ्सिर १२ गते जारी विज्ञाप्ती मार्फत राष्ट्रिय जनमोर्चा को आफू चन्द्रागिरिको इन्चार्ज तथा प्रगतिशील पत्रकार सङ्घ काठमाडौँको अध्यक्षसमेत रहेको जानकारी दिनुभएको छ ।

विज्ञाप्ती पुर्ण पाठ
२०७८ मङ्सिर ११ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) काठमाडौँ जिल्ला समितिअन्तर्गत चन्द्रागिरि नगर समितिको दोस्रो नगर सम्मेलनमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन को पाँचौँ पृष्ठको छैटौँ बुँदामा भनिएको छ, चन्द्रागिरि नगर वाई.सी.एल. संयोजक क. विजय श्रेष्ठको उपस्थितिमा क. रोसन दानीको अध्यक्षतामा वडा नं. १ मा २६ सदस्यीय वाई.सी.ल. कमिटि गठन ।

यस सम्बन्धमा स्पष्ट गर्न चाहान्छु, म रोसन दानी राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको सदस्य तथा चन्द्रागिरि नगर समितिको इन्चार्ज हुँ । त्यसका साथै म जनमोर्चा निकट प्रगतिशील पत्रकार सङ्घ, नेपाल काठमाडौँ जिल्ला समितिको अध्यक्ष पनि हुँ । त्यसकारण उक्त “प्रतिवेदन” मा उल्लिखित रोसन दानी नामको व्यक्ति सो भेलामा उपस्थित नै नरहेको र सो व्यक्तिको नामबाट सो स्थानमा कुनै पनि समिति गठन नभएको जानकारी गराउँछु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com