२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

८० अङ्कले घटेको शेयर बजार पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि आईसीएफसी फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com