२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

मोरङमा मंसिर १७ देखि फोटोसहितको मतदाता नामावली संकलन गरिने

मोरङमा आउँदो मंसिर १७ गते देखि पुष १८ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने अभियान थालिने प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ ।

विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरुका लागि निर्वाचन आयोगले विशेष कार्यक्रम सञ्चालन गरी नामावली संकलन गर्ने भएको छ ।

विशेष कार्यक्रमबारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा मंसिर १७ गते देखि पुष २ गतेसम्म पथरी शनिश्चरे, सुनवर्षी, सुन्दर हरैचा, र बेलबारी नगरपालिकातथा कटहरी, बुढीगंगा रमिक्लाजुङ गाँउपालिकामा तथा पुष ४ गते देखि पुष १८ गते सम्म १५ दिन लेटाङ र रतुवामाई नगरपालिका तथा जहदा, ग्रामथान, धनपालथान, केराबारी, कानेपोखरी गाँउपालिकाको कार्यालयमा नामावली संकलन गरिने बताइएको छ ।

फोटो सहितको मतदाता नामावली नाम दर्ताका लागि नागरिकता परिचयपत्रका साथै स्वयं उपस्थित हुनुपर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन अधिकारीले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण विगतका वर्षहरुमा मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि विशेष कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

मोरङमा ०७७ साल पुष ५ गतेसम्म ६ लाख ६९ हजार ४ सय ९० जना मतदाता रहेका छन् । अन्तक्र्रिया कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com