२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

एमाले महाधिवेशन : अध्यक्षमण्डल बैठक सुरु

चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्षमण्डलको बैठक सुरु भएको हो ।

महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेका छन् ।

त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा रहेका छन् । अध्यक्षमण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ ।

बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । बन्दसत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको हो । आठ बजेपछि प्रतिनिधिहरु बन्दसत्र हलमा प्रवेश गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com