२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट घोषित भएकी छिन्

काठमाडौं । नेपालकी सीता रानामगर आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको उत्कृष्ट खेलाडी बनेकी छिन् ।

नेपाल ग्लोबल छनोटमा पुग्न असफल भए पनि अलराउण्ड प्रदर्शन गरेकी सीता ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् ।

६ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली यूएईलाई जित्नैपर्ने अवस्थामा रहेको नेपाल ४८ रनले पराजित भएको थियो । नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।

सीताले प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलमा सर्वाधिक १०० रन बनाइन् भने बलिङमा ६ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउनेमा १०औं स्थानमा रहिन् ।
यस्तै बलिङतर्फ उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com