२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

ओलीले दिए पूर्वमाओवादी निकट वादल लगाएत ३२ जनालाई केन्द्रीय कमिटीमा जिम्मेवारी

एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटीमा पूर्वमाओवादी समूहबाट ३२ जना केन्द्रीय सदस्य चयन भएका छन् । आइतवार राति केपी ओलीले महाधिवेशन हलमा प्रस्तुत नाममा पूर्वमाओवादी समूहबाट ३ पदाधिकारीसहित ३२ जना केन्द्रीय सदस्य परेका हुन् ।

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टसहितका नेताहरूले नेता केपी ओलीलाई भेटेर नै ३५ जना केन्द्रीय सदस्य माग गरेका थिए । उनीहरूको मागकै हाराहारीमा ३२ जना केन्द्रीय सदस्यको नाम प्रस्तावित भएको हो ।

नेकपा विभाजनको क्रममा एमालेमा रहेका बादलको नेतृत्वमा २५ जना केन्द्रीय सदस्य मनोनित भएका थिए । ती २५ जना केन्द्रीय सदस्यहरू कायम राखी अरु थप भएको केन्द्रीय सदस्यमा प्रस्तावित धर्मराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार प्रदेश १ बाट ३ जना र प्रदेश २ बाट २ जना केन्द्रीय सदस्य थप भएका छन् ।

केन्द्रीय कमिटीमा अटाउनेमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, धर्मराज रेग्मी, श्रीप्रसाद जवेगु, टंक आम्बुहाङ,दिनेश पन्थी, दधिराम न्यौपाने, भपट बोहोरा,चन्द्र खड्कालगायत रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com