२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमालेको १० औँ महाधिवेशनले १७ प्रस्तावहरु पारित शान्ति प्रक्रिया चाँडै टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न सरकारसँ माग

काठमाडौं १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको मंसिर १४ गते समापन हुनैलाग्दा एमालेले आफ्नो १० औं महाधिवेशनमा आफ्नो १७ वटा प्रस्ताव पारित गरेको छ ।

एमालेको महाधिवेशनले महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्बद्धताको प्रस्ताव पारित गरेको छ भने, बेमौसमी वर्षाका पीडितलाई सरकारले राहात दिनुपर्ने भन्दै जोडदार माग गरेको छ ।

साथै शान्ति प्रक्रिया चाँडै टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न सरकारसँ माग गरेको छ ।

१० औं महाधिवेशनले पारित गरेका प्रस्तावहरु

१. सम्पुर्ण सहिदप्रति श्रदाञ्जली

2. पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान सर्दा सुमन अर्पण

३ . ९ औं महाधिवेशन यता दिवंगत भएका नेता कार्यकर्ताप्रति श्रदाञ्जी अर्पण

४. महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्बद्धता जनाउने

५. जनविरोधी काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने

६. बेमौसमी वर्षाका पीडितलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने भन्दै जोडदार माग

७. शान्ति प्रक्रिया चाँडै टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न सरकारसँ माग गरेको छ ।

८. परराष्ट्र नीतिमा गठबन्धनको सरकारका परस्पर विरोधी नीतिको विरोध

९. नागरिक न्याय पाउने अधिकार बन्चित भएकोप्रति निन्दा

१० .नेपाल विकासील मुलुकका स्तरउन्ती भएकोमा राष्ट्र संघलाई धन्यवाद

११. एमाले १० औं महाधिवेशन भएका पदाधिकारीलाई धन्यवाद

१२. १४ समावेशी पार्टी बनाएर लैजाने संकल्प

१३. निर्वाचनको तयारीमा लाग्न र संगठन विस्तारमा लाग्न सबैलाई निर्देशन

१४. राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता

१५. जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कुरा नारालाई आत्मा साथ गर्ने

१६. राष्ट्रिय स्थायित्वका लागि एमालेमा आबद्ध हुन आह्वान हुन सबैलाई आग्रह

१७. महाधिवेशनमा सहभागी सबैलाई हार्दिक आभार तथा धन्यावाद

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com