२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

निर्वाचन अधिकृतको राजीनामाले चितवन कांग्रेसको अधिवेशन अन्योल

चितवन नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला अधिवेशन मिति तोकिसकेको अवस्थामा पनि अन्तिममा आएर अधिवेशन अन्यौलमा परेको छ। जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बुधबार मनोनयन दर्ता गरी मंसिर १९ गते अधिवेशन गर्ने गरी मिति सार्वजनिक गरेर मनोनयन दर्ता गर्ने संघारमा आएर राजीनामा दिँदा त्यसले चितवनको कांग्रेसी राजनीतिमा नयाँ तरंगसमेत पैदा गराएको छ।

जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी लिएर चितवनका आएका पोखरेलले वडादेखि क्षेत्रीय अधिवेशन सम्पन्न गराई जिल्ला अधिवेशन गराउने समयमा राजीनामा दिनुले नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन हुन नदिने चलखेल गराउन लागेको आशंका व्यक्त गरेको छ। जिल्ला सभापति जीतनारायण श्रेष्ठले मंगलबार राति विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन अधिकृतको राजीनामाले चितवन कांग्रेसमा निराशा पैदा गराएको बताएका छन्।

निर्वाचन अधिकृतले मिति तोके पनि मनोनयन र निर्वाचन गर्ने स्थानको निश्चित गराइसकेको थिएन। यही बीचमा निर्वाचन अधिकृतले नै राजीनामा दिएपछि आफूहरु अचम्ममा परेको समेत पार्टी सभापति श्रेष्ठले बताएका छन्। निर्वाचन अधिकृत पोखरेलले मंगलबार साँझ स्वास्थ्यमा परेको प्रतिकूल असरको कारण काम गर्न नसक्ने बताउँदै राजीनामा दिएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com