२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

आजको राशिफल : मंसिर १५ गते, बुधबार

आज मिति २०७८ साल मंसिर १५ गते, बुधबार । इश्वी सन २०२१ डिसेम्बर, ०१ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः द्वादशी, २०ः२० बजे उप्रान्त त्रयोदशी, । नक्षत्रः चित्र १६ः१७ बजे उप्रान्त स्वाती । योगः सौभाग्य, १९ः११ बजे उप्रान्त आयुष्मान् । करणः कौलव ९ः२३ बजेदेखि तैतिल, २०ः२० बजे उप्रान्त शकुनि । काठमाडौंमा सुर्योदय ६ः३८ । सुर्योस्त १७ः०६ ।

मेष : यात्रा लामो भएतापनि उपलब्धि भने हुने छैन । अध्ययनमा केही सफलता मिल्नेछ । मित्रजानको सहयोग प्राप्त हुनाले सन्ध्याकाल पछि आर्थिक सफल हुनेछ ।

वृष : प्रेमिकाद्वारा प्रियवस्तु प्राप्त हुनेछ । बोलीको माधुर्यताले गर्दा धेरै कार्य बन्नेछन् । हराएको महत्वपूर्ण सामाग्री भेटिनेछ । नयांँ कामको अवसर मिल्नेछ ।

मिथुन : सोचे भन्दा फरक ढङ्गले प्रस्तुत हुनेछन् । मित्रहरू हनुमानको स्मरण तथा परेवालाई दाना दिनाले शत्रुपरास्त हुनेछन् । पेट सम्बन्धि समस्या बढनेछ । सजक रहनुहोला ।

कर्कट : महत्वपूर्ण तथा अकल्पनीय कार्य बन्नाले हर्ष उल्लासका साथ दिन बित्नेछ । कार्यहरू समयमै सपन्न हुने छन् । स्वास्थ्यले साथ दिनेछ ।

सिंह : प्रेमप्रेमिक तथा पारिवारिक सम्बन्धमा सामान्य किचलो बढ्नेछ । बोन्दा निकै विचार गर्न होला । मध्यान्हदेखि स्वास्थ्यमा विचार गर्न होला । अध्ययनमा भने पूर्ण सफलता मिल्नेछ ।

कन्या : आफन्तमा मनोरञ्जनको कार्यमा सहभागी भइनेछ । प्रेमिकासँग नयाँ ठाँउमा घम्न गइनेछ । आम्दानीको श्रोतहरु बढ्नेछन् । शिवजीको दर्शन गर्नुहोला कृपा मिल्नेछ ।

तुला : अध्ययनमा समय व्यतित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेमिकाद्वारा सानो कुरामा किचलो निकाल्न सक्ने छिन् । आर्य आर्जका बाटाहरू बन्ने छन् ।

वृश्चिक : बोलीमा माधुर्यता बन्ने छ । व्यपारिक दृष्टिकोणले राम्रो दिन रहनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्तहुनेछ । कमिलालाई चिनी दिनु राम्रो रहनेछ ।

धनु :आम्दानी बाटाहरू सुक्नेछन् । स्वास्थ्यले पनि त्यत्ति साथ नदिएला । मध्यान्हदेखि महत्वपूर्ण भेटघाट तथा आर्थिकरूपले सामान्य गति लिने छ ।

मकर : कार्यक्षेत्रमा निरन्तर लागि पर्नुहोला मध्यान्हदेखि सफलता प्राप्त हुनेछ । रोकिएका अध्ययन क्षेत्रलाई अगाडी बढ्ने अवसर प्राप्त हुनेछ । प्रेमिकाद्वारा सहयोग मिल्नेछ ।

कुम्भ : आफन्तको सहयोग मिल्नेछ । बाल्यकालक साथीहरुसँग भेटघाट हुनेछ । भोज भतेरमा सहभागी भइनेछ । अध्यनका निम्ति यात्रा गरिनेछ ।

मीन : काम गर्ने जोस तथा लगानी गर्ने अवसर मिल्नेछ । महत्वपूर्ण भेटघातले आम्दानीमा वृद्धि थपिनेछ । प्रेम प्रस्तावले जीवनको यात्रा नै मोडिनेछ । दिन राम्रो हुनेछ ।

अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्कः९८४१७९६७८८

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com