२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रमुख :रेनु दाहालले भरतपुरमा पार्टीको स्थिती सुदृढ बनिरहेको बताउदै इमानदारिताका साथ जनतामा जान आग्रह

काठमाण्डौँ ।नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

माओवादी केन्द्रको पहिलो भरतपुर महानगरपालिकाको नगर सम्मेलनको उद्घाटन गर्दै इन्चार्ज दाहालले निष्ठा र उर्जाका साथ पार्टी निर्माणमा केन्द्रित हुुन सबैलाई आग्रह गरेकी थिइन् ।

भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी दाहालले पछिल्लो चरणमा काँग्रेस, एमाले तथा अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेशको लहर चलेको बताउँदै भनिन्, ‘जनताको आशा र भरोसा अहिले माओवादी केन्द्र नै बनेको छ ।

उनले मुलुकमा अहिले आएको युगान्तकारी परिवर्तन १० वर्षको ऐतिहासिक जनयुद्धकै कारणले आएको बताइन् । उनले माओवादी नै देशको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरिन् ।

उनले एमाले कम्युनिष्टको नाममा एमाले कलंक रहेको र उसको एकमात्र काम प्रतिगमनलाई संस्थागत गर्ने रहेको बताइन् । दाहालले भनिन् ‘देशलाई संकटबाट मुक्त गर्न लोकतान्त्रिक व्यवस्थाको रक्षा र प्रतिगमनलाई परास्त गर्ने मूल नेतृत्व माओवादी केन्द्र नै हो ।

कार्यक्रममा प्रमुख अति¥थी दाहालले एमालेको १० औँ राष्ट्रिय मेलालाई कुम्भ मेलाको संज्ञा दिदै ओली दम्भ बिनासको बाटोतिर गएको दावी गरिन् ।

भरतपुर मगानगरपालिका प्रमुख समेत रहेकी प्रमुख दाहालले माओवादी पार्टी विकासप्रेमी पार्टी हो भन्ने आफूले सफलतापूर्बक पुरा गरेको बता¥इन्। आफूले भरतपुरको बृहत्तर बिकासमा हरपल लागिरहेको भन्दै यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाईआग्रह गरिन् ।

प्रमुख दाहालले भरतपुरमा पार्टीको स्थिती सुदृढ बनिरहेको बताउदै इमानदारिताका साथ जनतामा जान आग्रह गरिन् । ‘नहुने कुरा नबोल्ने बोलेको कुरा पुरा गर्ने आफ्नो शैली रहेको र जसका कारण भरतपुरमा सबैको आकर्षण बढेको उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com