२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कांग्रेसको संस्थापन इतर समूहले पार्टीकै प्रदेश समितिमा आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीके प्रदेश समितिमा आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । महामन्त्री डा‍. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले बिहीबारबाट हुने प्रदेश अधिवेशनमा प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिने निर्णय पनि गरेको रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ ।

जसअनुसार प्रदेश १ का उम्मेदवार तय गर्न बलबहादुर केसी, महेश आचार्य, डा।मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, सरिता प्रसाइँ र गुरुराज घिमिरेलाई जिम्मा दिइएको छ । यस्तै प्रदेश २ मा सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादवले उम्मेदवार तय गर्नेछन् ।

बागमती प्रदेशमा प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी र गगन थापा तथा गण्डकी प्रदेशमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त, जीवन परियारलाई यो जिम्मेवारी दिइएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा दीपक गिरी र चन्द्र भण्डारी, कर्णाली प्रदेशमा हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरूले सम्बन्धित प्रदेशका प्रत्याशी र नेताहरूसँग छलफल र परामर्श गरेर उम्मेदवारी तय गर्ने सहमति भएको छ ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, गगन थापा लगायत सहभागी थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com