२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पछिल्लो समय कांग्रेसकै नेतृत्वमा दल विभाजनसम्बन्धी अध्यादेश आउनु दुःखद् भएको : वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन व्यस्त रहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा पनि सत्तामा बढि लागेको सुनाए ।उनले समयमै निर्णय नगर्दा देशमा बेथिति सुरु भएको पनि गुनासो पोखे ।पछिल्लो समय कांग्रेसकै नेतृत्वमा दल विभाजनसम्बन्धी अध्यादेश आउनु पनि दुःखद् भएको उनको टिप्पणी छ । उनले आफूहरु अझैपनि तोकिएकै मितिमा महाधिवेशन गर्नेगरि लागिपरेको सुनाए ।

देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए । उनले भने,‘जात–जात धर्म–धर्म भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com