२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेप जोडीको विजयी सुरुवात

काठमाडौं । नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी डमिन्टन प्रतियोगितामा पुरुष युगलतर्फ विजयी सुरुवातका साथ दोश्रो चरणमा प्रवेश गरेका छन् ।

महर्जन र लिनथेपको जोडीले बा¥हबिसेका राजकुमार तामाङ्ग र अजय लामाको जोडीलाई २१–९, २१–१९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

सिल्क ग्रुपको प्रायोजन, बाह्रहबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा एपिएफका सुमन लिम्बु र प्रनिश सिंह ठकुरीको जोडीले पनि दोश्रो चरणमा स्थान बनायो । लिम्बु र ठकुरीले मनकामना स्पोर्टस्का बिशाल बस्नेत र राजु थापाको जोडीलाई १६–२१, २१–१२, २२–२० को कठिनका साथ पराजित गरे ।

यस्तै, बालकुमारी रिमिस्कका दिप्रीश बज्राचार्य र सुमन शाक्यको जोडीले दोश्रो चरण प्रवेश गर्ने क्रममा सुर्खेतका नरेन्द्र बम र कविर के।सी।को जोडीलाइ २१–१४, १७–२१, २१–१६ ले हराए ।

शीर्ष २० वरियता बाहेकका पुरुष युगल तर्फको अन्य खेलमा बुटवलका सुशिल गिरी र विवेक न्यौपानेको जोडी, १६ फिदरका अभिषेक बोस र सुजन थापाको जोडी, नवलपरासीका रोशन कुमाल र किरण महतोको जोडी, १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी, एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडी तथा चितवनका विधान गुरुङ्ग र सूर्यदर्शन ब्याडमिन्टन क्लबका दीपक रानाको जोडीले पनि दोश्रो चरणमा स्थान पक्का गरे ।

गिरी र न्यौपानेको जोडीले पिस फिटनेश क्लब, पेप्सीकोलाका संजय कपाली र योगश खड्काको जोडीलाई २१–१७, १९–२१, २१–७ ले, बोस र थापाको जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१९, २२–२० ले, कुमाल र महतोको जोडीले सुर्खेतका करण बैगर र पूर्णबहादुर सिंहको जोडीलाई २१–१९, २१–१३ ले, खनाल र महर्जनको जोडीले सुर्खेतका जित प्रसाद लामिछाने र अनिल मल्लको जोडीलाई २१–१५, १८–२१, २२–२० ले, जवेगु र सिलवालको जोडीले सेनाका बिवेक चौधरी र आयुष्मान नागरीको जोडीलाई २१–१८, २१–१२ ले तथा गुरुङ्ग र रानाको जोडीले चौताराका कैलाश श्रेष्ठ र बा¥हबिसेका सुरेन्द्र श्रेष्ठको जोडीलाई २१–१७, २१–१२ ले पराजित गरे ।

यसैगरी जित निकाल्ने क्रममा सेनाका गोकुल जोरा र दिवश संकरको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१०, २१–८, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले नवलपरासीका अक्षय के।सी। र केवल श्रेष्ठको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले तथा बाह्रबिसेका अभिषेक गुरुङ्ग र त्रिपुरासुन्दरीका आशिष तामाङ्गको जोडीले सुर्खेतका दिपेश चौधरी र निरञ्जन चौधरीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com