२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

पुस ११ देखि १३ गते हुने राष्ट्रिय सम्मेल प्रज्ञा भवनमा गर्ने माओवादी केन्द्र को निर्णय

काठमाण्डौ । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले संचारकर्मी हरुर्ला बताउनुभयो । कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि आज–भोलि नै सबै सकिने र पालिका अधिवेशन पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।

बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाण्डौको प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । त्यस्तै मङ्सिर २५ गते प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।

प्रवक्ता महराको अनुुसार अहिलेसम्म पार्टीको सदस्यता सङ्ख्या सात लाख ६ हजार पाँच सय पुगेको र पार्टी सदस्यता सङ्ख्या आठ लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com