२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

एन आई सी एशिया बैंकले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा ल्याएको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ मा २४ सर्वश्रेष्ठ फाइदाहरू

हजुर बैंकमा बचत खाता खोल्नु अघि के कुरामा ध्यान दिनुहुन्छ ? पक्कै पनि ब्याजदर बारे जिज्ञासातपाईंको पहिलो छनौट हुनुपर्छ । आफुले दुःख गरेर कमाएको कमाईमा उच्चतम प्रतिफल तथा वित्तीयकारोबार सहज रुपमा गर्न सकिने जस्ता आधारभूत आवश्यकतालाई केन्द्रमा राखी अहिले ग्राहकमहानुभावहरू बैंक खाता खोल्ने निर्णयमा पुग्नुहुन्छ । अहिलेको समयमा सर्वाधिक उच्च ब्याजदर मात्रैनभएर दर्जनौ आकर्षक सुविधा तथा फाइदाहरू सहित ग्राहक महानुभावहरूलाई बैंकप्रति आकर्षण केन्द्रितगर्न एन आई सी एशिया बैंकले सर्वाधिक फाइदा एवं सुविधाले भरिपूर्ण बचत तथा मुद्दती खाता सार्वजनिकगरेको छ । देशकै सर्वश्रेष्ठ बैंक, एन आई सी एशिया बैंकले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमासर्वश्रेष्ठ ब्याजदर, सर्वश्रेष्ठ बीमा सुविधा, सर्वश्रेष्ठ कर्जा सुविधा लगायत २४ वटा सर्वश्रेष्ठ फाइदाहरूभएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरू समेटिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता ल्याएको छ ।यस सर्वश्रेष्ठ बचत खातामा ग्राहक महानुभावहरूलाई बैंक तथा वित्तीय संस्थाहरूमै सर्वाधिक धेरै ब्याजदरसुविधा मात्रै नभई बीमातर्फ ३ वटा फाइदाहरू, कर्जातर्फ ३ वटा फाइदाहरू र १८ अन्य अतुलनीयफाइदाहरू गरी कुल २४ वटा सर्वश्रेष्ठ फाइदाहरू समेटिएको छ ।

बैंकले सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरू गुडविल एम्बेसडर (-The NIC ASIA Goodwill Ambassador),प्राइड (The Pride of NIC ASIA Bank) र पार्टनर (The Partner of NIC ASIA Bank) गरी तीनश्रेणीमा ल्याएको छ । पार्टनर श्रेणीमा न्यूनतम मौज्दात रू. २५,०००, प्राइडमा न्यूनतम रू. ५०,००० रगुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात रू. १००,००० बाट खाता खोल्न सकिन्छ । यी सबै प्रकारकाखातामा ७.०५ % को वार्षिक सर्वाधिक ब्याजदर प्राप्त हुनेछ र खाताका प्रकार अनुसारका विभिन्न २४फाइदाहरू उपलब्ध हुनेछन्। जसमा गुडविल एम्बेसडर श्रेणीको खातामा रू.२१ लाखसम्मको ३ प्रकारकाबीमा, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट तथा पूर्व स्वीकृत कर्जा सुविधाकासाथै५ वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधाका साथैनिःशुल्कहोम बैंकिङ्ग सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने,Portfolio Management Service मा ५०% छुट, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशतछुट सुविधा लगायत १८ वटा अन्य फाइदाहरू प्राप्त गर्न सकिनेछ । सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि१० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेपमा (व्यक्तिगत) सर्वाधिक उच्च ब्याजदर वार्षिक १०.०५% सुविधाप्रदान गरिएको छ । त्यसैगरी न्यूनतम रू. ५०,००० मौज्दात गरी खोलिने प्राइड श्रेणीको खातामा वार्षिकआकर्षक ७.०५% को अलावा ग्राहक महनुभावहरूले डिम्याट एवं मेरो शेयर, लकरमा वार्षिक दस्तुर रPortfolio Management Service मा पहिलो वर्ष ५०% छुट, पूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाकोऔसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेस रेटमा थप २ प्रतिशत ब्याजदर कायम गरी केवल०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नुहुन्छ । अर्कोतिर यस श्रेणीमा डेबिट कार्डशुल्कका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा लिइने वार्षिक शुल्क समेत पहिलो वर्षका लागिनिशुल्क हुने व्यवस्था गरिएको छ । न्यूनतम रू. २५,००० मौज्दात गरी खोलिने पार्टनर श्रेणीको खातामापूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेसरेटमा थप ३ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्नसकिन्छ । अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा लिइनेवार्षिक शुल्क समेत पहिलो वर्षका लागि निःशुल्क हुने व्यवस्था गरिएको छ । क्रेडिट कार्ड आवेदन, क्रेडिटकार्ड जारी शुल्क र ईकमर्श सुचारु निःशुल्क हुने व्यवस्था गरिएको छ ।

१. बीमातर्फ ३ सर्वश्रेष्ठ फाइदाहरू

आफ्ना ग्राहक महानुभावहरूको भविष्यमा आईपर्ने भवितब्यलाई आवश्यक पर्ने आर्थिक स्रोतको जोहोगर्नका लागि यस बैंकले रू. २१ लाखसम्मको बीमा यस बैंकले यस सर्वश्रेष्ठ बचत खाता सुविधाबाटल्याएको छ । यस खाता योजनाको ।।।गुडविल एम्बेसडर’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगकोउपचारका लागि रू. १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएमा रू.१० लाख र मेडिकलजाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२०हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू प्राप्त गर्न सकिनेछ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरूभएका कारणले बैंकले ल्याएको निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बन्ने बैंकलेआशा लिएको छ । उक्त बीमा सुविधाको प्रिमीयम बैंक स्वयंमले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाईबुझाउनेछ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमासुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहक महानुभावहरू माझ ल्याएकोछ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहकमहानुभावहरूले बीमा वापतको रू.३ करोड ८५ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । यसखालका योजनाहरूबाट नेपालमा बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणामिल्नुका साथै बचत खातासँग आबद्ध भएको बीमा सुविधा उपभोग गर्न ।।।पाईदैन की’ भन्ने आशंका भएकाग्राहक महानुभावहरूको लागि यस बैंकका विभिन्न खाताअन्तर्गत हालसम्म बीमा सुविधा लिनुहुने सयौंग्राहक महानुभावहरूको अनुभव उदाहरणीय बनेको छ ।

२. कर्जातर्फ ३ सर्वश्रेष्ठ फाइदाहरू

सर्वश्रेष्ठ बचत खाता भएका ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियतब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । उदहारणकोलागि ग्राहकले गुडविल एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको छ र वहाँको खातामापछिल्लो तीन ३ महिनासम्म रू. १० लाख निक्षेप जम्मा रहेको छ । यस अवस्थामा वहाँले रू. १ करोडकर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले तीन महिनाको औसत मौज्दातको१० गुणा बढि अर्थात्रू. १ करोड कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जाप्राप्त गर्न सक्नुहुनेछ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्ने व्यवस्था गरिएकोछ । अब अर्को उदहारणका लागि यदि उक्त ग्राहक महानुभावले यसै अवस्थाका बीच रू. १ करोड ५०लाख कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले औसत मौज्दातको १० गुणाबढि अर्थात्रू. १ करोड कर्जा बेस रेटको अतिरिक्त १ प्रतिशत ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नुहुनेछ रयसकोकर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्नेछ । अब थप रू. ५० लाखको हकमा भनेअन्यकर्जाको ब्याजदर सरह (Prevailing commercial interest rate) अनुसार नैब्याजदर रहनेछ र त्यसको कर्जाप्रशासनिक शुल्क ०.७५ प्रतिशत सम्म लाग्न सक्नेछ ।

३. अन्य १८ सर्वश्रेष्ठ फाइदाहरू

सर्वश्रेष्ठ बचत खाता अन्तर्गत गुडविल एम्बेसडर श्रेणीको खाता खोली ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड,मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधा, देशभर रकम समेत मोबाइल बैंकिङ्गबाट निशुल्क हुनुकासाथै निःशुल्क होम बैंकिङ्ग सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्कनलाग्ने, Portfolio Management Service मा ५०% छुट, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमाशतप्रतिशत छुट सुविधा लगायत १८ वटा अन्य फाइदाहरू प्राप्त गर्न सकिनेछ । साथै खातावालाकोजीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्शएक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क रू. ५ लाख सम्मकोक्रेडिट कार्डको सुविधाहरू यस योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरूमामाथि उल्लेखित सुविधाहरूको अतिरिक्त पृथक स्विप इन–स्विप आउट सुविधाबाट बचत खातामार्फत नैमुद्दती खाताकै ब्याजदर प्राप्त गर्न सकिनेछ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्धउल्लेखित २४ विभिन्न फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहकमहानुभावहरूले न्यूनतम रू. ३ लाख ३९ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकलेगरेको छ । बैंकले ल्याएको गुडविल एम्बेसडर, प्राइड र पार्टनर श्रेणीका खाता खोल्दा ग्राहक महानुभावहरुलेनिम्नानुसार प्रस्तुत गरिएको फाइदाहरू प्राप्त गर्न सक्नुहुनेछ :

गुडविल एम्बेसडर श्रेणीको खाता

प्राइड श्रेणीको खाता

पार्टनर श्रेणीको खाता

उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्दै ग्राहक महानुभावहरूको पहिलो रोजाईको बैंक बन्ने गन्तव्य तर्फको२४ औं वार्षिक उत्सवको गौरवमय अवसरमा बैंकले सर्वश्रेष्ठ ब्याजदर, सर्वश्रेष्ठ बीमा सुविधा, सर्वश्रेष्ठकर्जा सुविधा लगायत २४ वटा सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरू ल्याएकोहो । सर्वश्रेष्ठ निक्षेप योजना अन्तर्गत पनि बैंकले विभिन्न जनसमुदायका विभिन्न आवश्यकता हुनेभएकाले समाजका हरेक तह र तप्कालाई लक्षित गर्दै उमेर, लिङ्ग, रोजगार, पेशा आदिको आधारमाअनुकुल सेवाहरू यस निक्षेप योजनामा समाहित छन्। सर्वश्रेष्ठ बचत खाताका अलावा यस योजनाभित्रसर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ बाबु नानी बचत खाता,सर्वश्रेष्ठ मुद्दती खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचतखाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप बचत खाता रहेका छन्।

४. स्विप इन–स्विप आउट सुविधा

यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो । यस सुविधा अन्तर्गत बैंकलेसर्वश्रेष्ठ बचत खाता÷सर्वश्रेष्ठ नारी बचत खाता÷सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाताको गुडविलएम्बेसडर श्रेणीमा रू. २००,००० भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणनगर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा वार्षिक १०.०५% कोब्याजदर प्राप्त हुनेछ । जसले गर्दा ग्राहक महानुभावहरूले सर्वश्रेष्ठ बचत खातामा पाइने ब्याज भन्दा थप२५ प्रतिशत ब्याज आर्जन गर्न सक्नुहुनेछ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकताअनुसार विना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ ।

५. सर्वश्रेष्ठ मुद्दती खाता र मासिक निक्षेप खाता

सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ ।जसमा वार्षिक १०.०५% सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ । साथै सर्वश्रेष्ठ मासिकनिक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले जम्मा गरेको रकममा १०.०५%सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएकोछ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्नेभन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनु पर्ने र स्थानान्तरण गरिने रकम रू. ५०० का दरलेगुणन गरेर हुन आउने रकम (जस्तै रू. ५००, रू. १०००, रू. १५०० आदिको अनुपातमा) तय गर्नुपर्नेव्यवस्था गरिएको छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिने साथैग्राहक महानुभावहरूले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थपरकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको मुद्दती खातामा रहेकागुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीमै कर्जातर्फका ३ फाइदाहरू बाहेक बीमातर्फका ३वटा फाइदाहरू र १८ अन्य अतुलनीय फाइदाहरू प्राप्त गर्न सकिन्छ ।यस बचत सुविधाका विभिन्न खाताका श्रेणीगत विशेषताहरू निम्नानुसार रहेका छन् ।

सर्वश्रेष्ठ बचत खाता

नोटः अनलाइन बाट खोलिएको खाताको हकमा भने खाता वाहकले खातामा न्यूनतम रकम राखेपश्चात मात्रैमाथी उल्लेखित सेवा तथा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता

नोटः अनलाइन बाट खोलिएको खाताको हकमा भने खाता वाहकले खातामा न्यूनतम रकम राखेपश्चात मात्रैमाथी उल्लेखित सेवा तथा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

सर्वश्रेष्ठ मुद्दती खाता

नोटः अनलाइन बाट खोलिएको खाताको हकमा भने खाता वाहकले खातामा न्यूनतम रकम राखेपश्चात मात्रैमाथी उल्लेखित सेवा तथा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

सर्वश्रेष्ठ नारी बचत खाता

नोटः अनलाइन बाट खोलिएको खाताको हकमा भने खाता वाहकले खातामा न्यूनतम रकम राखेपश्चात मात्रैमाथी उल्लेखित सेवा तथा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com