२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

‘ए’ डिभिजन लिग स् सङ्कटा र मनाङ मर्स्याङ्दी तथा च्यासल र एनआरटी खेल्दै

काठमाण्डौ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् ।

सङ्कटा र मनाङको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सङ्कटा दुई खेलमा ४ अङ्क जोडेर पाँचौँ स्थानमा छ । अपराजित मनाङ दुई खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

यस्तै दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

च्यासल दुई खेलमा ३ अङ्क जोडेर आठौँ स्थानमा छ भने एनआरटी दुई खेलमा १ अङ्कसहित लिगको १२औँ स्थानमा छ ।

हिजो भएको खेलमा एपीएफलाई हराउँदै नवप्रवेशी क्लब सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ३ खेलमा ७ अङ्क जोडेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com