२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज कोरोना संक्रमित ५ जनाको मृत्यु २३८ जना संक्रमित थपिए

आज कोरोना संक्रमित ५ जनाको मृत्यु २३८ जना संक्रमित थपिए

काठमाडौँ । देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो ।

यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अहिले निको हुने दर ९७।८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै एकैदिन पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com