२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

केपी शर्मा ओली एमालेको भविष्य नरहेको अध्यक्ष माधव नेपाल को दावि

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् ।

नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने सल्लाह भइरहेको अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’
आगामी हुने राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धनबाटै साझा उम्मेदवार हुने पनि अध्यक्ष नेपालले बताएका छन् । ‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौँ,’ उनले भने ।

यदि कसैले गठबन्धन टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने पनि अध्यक्ष नेपालले बताएका छन्। उनका अनुसार अर्घाखाँचीमा उपचुनाव नभई एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको छ ।

यसैगरी अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन सहमति जुटिसेकेको पनि उनले खुलासा गरेका छन् ।

संविधान कुल्चिएर दक्षिणपन्थी बाटोतिर अग्रसर एमाले अध्यक्ष केपी शर्मा ओलीको एमालेको भविष्य नरहेको पनि अध्यक्ष नेपालले बताए । साथै, एमालेको सूर्यमा ग्रहण लागिसकेको भन्दै त्यसले काम नगर्ने पनि अध्यक्ष नेपालले ठाकुवा गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com