२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि साझा सहमतिको खाका बनाउने घोषणा

काठमाण्डौँ। अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि साझा सहमतिको खाका बनाउने बताउनु भएको छ ।

शुक्रवार विराटनगरमा मोरङ व्यापार संघको ६५ औं साधारण सभा उद्घाटन गर्दै अर्थ मंत्री शर्माले संविधानमा लेखिएको समाजवाद उन्मुख आर्थिक व्यवस्थाका लागि अहिले सम्म खाका तयार नभएकोले सबै राजनैतिक दल तथा उद्योगी व्यवसायीहरुसंग छलफल गरेर खाका तयार पार्ने बताउनु भयो । उहाँले राजनीतिक आन्दोलन पनि जनताको हक र अधिकार संगै जोडिने र आर्थिक विकास पनि जनताको आकक्षासंग जोडिने बताउनुभयो ।

उहाँले ५ वर्ष सरकार, निजी क्षेत्र र उद्योगी व्यवसायीहरु मिलेर लाग्ने हो भने मुलुकको अर्थतन्त्र उकास्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकार गरेका कमजोडीलाई औलाउनु पर्ने खबरदारी गरीरहेकोमा धन्यवाद दिनुभएको थियो ।

सो कार्यक्रममा सहभागिले सरकारले कोभिडको बेला घोषणा गरेको राहतको प्याकेज दिन अनुरोध गर्दै तरलता अभावलाई सम्बोधन गर्दै सरकारले पहल लिनुपर्ने धारणा व्यक्त गरेका थिए । उद्योगी व्यवसायीहरुले भने अझै सम्म पनि सरकारबाट उद्योगी व्यवसायीहरुले आवश्यक सहयोग नपाएको गुनासो गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com