२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

पोर्चुगलका राष्ट्रपति मर्केलो रिबेलो डी सौसालेद्वारा संसद् विघटन गरी , चुनावको घोषणा

काठमाण्डौ – पोर्चुगलका राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले संसद् विघटन गर्दै अग्रिम चुनावको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति सौसाले हिजो आइतवार संसद् विघटन गरिएको घोषणा गर्दै चुनावको मिति तोक्नुभएको हो । उहाँले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गर्नुभएको हो । सरकारको बजेट पारित गर्नका लागि गएको अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com