२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

काठमाण्डौँ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सोमबार बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटनामा परेको हो ।

त्यहाँको जिल्ला प्रहरी कार्यालयले घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।

बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । अहिले प्रहरीले उनको सोधखोज गरिरहेको बताइएको छ । झरीका कारण सडक चिप्लो हुँदा बस चिप्लिएको हुन सक्ने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com