२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

ओमिक्रोन भाईरस देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु अस्पताल कोभिडका बिरामीले भरिए

ओमिक्रोन भाईरस देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु अस्पताल कोभिडका बिरामीले भरिए

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले सम्पूर्ण नागरिकहरुलाई खोप लगाउन आव्हान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लो समयमा संक्रमणमा भएको बृद्धि अप्रत्यासित हो । देश कोभिडको चौथो लहरमा प्रवेश गरिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ‘ दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बरले बढेको छ,’ संक्रमक रोग विज्ञ इयान साने भन्छन् ।

संक्रमितको संख्यामा बृद्धि भएकोले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

दक्षिण अफ्रिकाको मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा. फरिद अब्दुल्लाहले जोहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेको बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेको गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।अधिकांश विरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com