२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अब पनि कांग्रेस नसुध्रिए सकिन्छ : गगन थापा

काठमाण्डौँ । नेपाली कांग्रेसका नेता गगन थापाले अब पनि नसुध्रिए पार्टी समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा शंकर तिवारीको पुस्तुक कसले सुधार्छ कांग्रेस ? को लोकार्पणमा थापाले उक्त कुरा बताएका हुन् ।

पार्टी सकिए आफ्नो र पार्टीका ९ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने थापाको भनाइ छ । ९ लाख पार्टीका कार्यकर्तालाई पार्टी सकिन्छ भन्ने डर लागेजस्तै कांग्रेसलाई भोट नहालेकाहरूलाई पनि कांग्रेसको आवश्यकता बोध गराउन सके विजयी हुने उनले बताए ।

कांग्रेस सकियो भने के हुन्छ रु सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ थापाले भने,हामी ९ लाख पार्टीका कार्यकर्ताहरू छौँ । हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो

चुनाव जित्छौँ भनिरहँदा कांग्रेसले किन जित्नुपर्छ भन्ने कुरा जनतालाई बुझाउन आवश्यक रहेको थापाको भनाइ छ । चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने उनले बताए ।

कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको, त्यसको आवश्यकताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ थापाले भने, हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’

महाधिवेशनपछि कांग्रेसको सदस्यता नलिएका १५ लाख नयाँ मान्छेलाई पार्टीसँग जोड्नुपर्ने बताए । पार्टीमा म्यासेजु र म्यासेन्जरु दुवै आवश्यक रहेको भन्दै उनले नेता -कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरू पनि जोडिने वातावरण सिर्जन गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com