२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

भारतीय सेना प्रमुखसहित ३ जनाको पनि अवस्था चिन्ताजनक, ११ जनाको मृत्यु

काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ–१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ ।

रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । तर, संचारमाध्यमले चाहिँ रावत गम्भीररुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् ।

हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

समाचार एजेन्सी एनीका अनुसार उक्त हेलिकोप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।

सन् २०१५ को फेब्रुअरी ३ मा पनि रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला नागाल्यान्डको दीमापुरमा हेलिकोप्टर क्र्यास भएको थियो । एक महिना नबित्दै भारतीय सेनाको यो हेलिकोप्टर क्र्यास भएको हो । नोभेम्बर १९ मा अरुणाञ्चल प्रदेशमा पनि सवार १२ जनाको मृत्यु भएको थियो ।

रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ–१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा लगिएको छ ।

रावतको स्थितीबारे औपचारिक जानकारी दिन भारतीय रक्षामन्त्री राजनाथ सिंहले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । तर, संचारमाध्यमले चाहिँ रावत गम्भीररुपमा घाइते भएको विवरण प्रेषित गरेका छन् ।

हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

समाचार एजेन्सी एनीका अनुसार उक्त हेलिकोप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।

सन् २०१५ को फेब्रुअरी ३ मा पनि रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला नागाल्यान्डको दीमापुरमा हेलिकोप्टर क्र्यास भएको थियो । एक महिना नबित्दै भारतीय सेनाको यो हेलिकोप्टर क्र्यास भएको हो । नोभेम्बर १९ मा अरुणाञ्चल प्रदेशमा पनि सवार १२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com