२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जाननकारी दिए ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ ।

कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । सभापति र पदाधिकारी पदमा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षले आन्तरिक छलफल तीव्र पारेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com