२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रशासकीय अधिकृत र लेखा अधिकृ विरुद्ध यौन दुर्व्यवहारको उजुरी

काठमाण्डौँ । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको दुव्र्यवहारको आरोप लागेको छ ।

कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र सुनारमाथि यौनदुर्व्यवहारको उजुरी परेको पुष्टि गरे ।

यौनदुर्व्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ ।

घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com