२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

जनसेवा न्यूज संवाददाता

अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नेवी जोइसलाई कोरोना पोजेटिभ भएको छ।

अमेरिकाको औपचारिक भ्रमणमा रहेका उनलाई कोभिड पोजेटिभ देखिएको हो। बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन्।

जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन्।

अमेरिका भ्रमण गर्नुअघि जोइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए।

जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन्। उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ ।

बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कमजोर र पीडा महशुस गरेको उनले बताएका छन् ।

अमेरिकी अधिकारीसँगको भेट स्थगित गरेर आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने उनले बताएका छन्।

उनी गत जुनमा उपप्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल सुरु गरेका थिए।
लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन्।

जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन्। गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाई पनि कोभिड भएको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com