२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

ए डिभिजन लिग : तेस्रो चरणमा अघिल्लो चरणभन्दा दोब्बर बढी गोल

एपिएफविरूद्ध गोल गरेपछि खुसी मनाउँदै सातदोबाटो युथ क्लबका खेलाडी।

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिएका छन्। तेस्रो चरणको खेल सकिँदासम्म नवप्रवेशी सातदोबाटो युथ क्लबले उत्कृष्ट खेल देखाएको छ।

अपराजित सातदोबाटो ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। सातदोबाटोले तीन चरणको खेल सकिँदा ५ गोल गरेको छ भने १ गोल मात्र खाएको छ।

तेस्रो चरणमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबमाथि ४–१ ले को जित निकाल्दा सातदोबाटोका अजयी मार्टिन्सले ह्याट्रिक गरेका थिए। उनी सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न समेत सफल भए।

लिगको उपाधिको दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब पनि अपराजित छन्। दुवै क्लबले समान ७–७ अंक जोडेका छन्। अपराजित रहेका बाँकी तीन क्लब संकटा, नेपाल पुलिस र त्रिभुवन आर्मीले ५–५ अंक जोडेका छन्।

तेस्रो चरणसम्म फ्रेण्ड्स, एनआरटी, हिमालयन शेर्पा, जावलाखेल युथ र एपिएफले जित निकाल्न सकेका छैनन्। जावलाखेल र एपिएफ त तीनै खेलमा पराजित हुँदै अंकबिहीन छन्।

लिगको दुई चरणसम्म २३ गोल भएकोमा तेस्रो चरणमा भने १८ गोल भएको छ। पहिलो चरणमा १६ गोल र दोस्रो चरणमा ७ गोल भएको थियो। दोस्रो चरणको तुलनामा तेस्रो चरणमा झण्डै दोब्बर बढी गोल भएका छन्।

तेस्रो चरणमा औषत प्रतिखेल २।५७ गोल हुँदा दोस्रो चरणमा ‌औषत प्रतिखेल १ गोल भएको थियो।

तीन चरणमा गरी कुल ४१ गोल भएका छन्। जुन औषत प्रतिखेल १-९५ गोल हो।

तेस्रो चरणका खेलका नतिजा
जवालखेल युथ क्लब ० – २ मछिन्द्र फुटबल क्लब
हिमालयन शेर्पा क्लब १ – १ नेपाल पुलिस क्लब
ब्रिगेड ब्वाइज क्लब ० – १ त्रिभुवन आर्मी फुटबल क्लब
च्यासल युथ क्लब १ – १ न्युरोड टिम
संकटा क्लब २ – २ मनाङ मर्स्याङ्दी क्लब
सातदोबाटो युथ क्लब ४ – १ एपिएफ फुटबल क्लब
फ्रेण्ड्स क्लब १ – १ थ्री स्टार क्लब
जम्मा – १८ गोल
ह्याट्रिक – १ ९अजयी मार्टिन्स(सातदोबाटो युथ क्लब)

दोस्रो चरणका खेलका नतिजा
त्रिभुवन आर्मी फुटबल क्लब ० – ० मछिन्द्र फुटबल क्लब
ब्रिगेड ब्वाइज क्लब ० – ० न्युरोड टिम
जावलाखेल युथ क्लब ० – १ नेपाल पुलिस क्लब
हिमालयन शेर्पा क्लब ० – १ मनाङ मर्स्याङ्दी क्लब
च्यासल युथ क्लब १ – ० एपिएफ फुटबल क्लब
संकटा क्लब २ – १ फ्रेण्ड्स क्लब
सातदोबाटो युथ क्लब १ – ० थ्रीस्टार क्लब
जम्मा – ७ गोल

पहिलो चरणका खेलका नतिजा
मछिन्द्र फुटबल क्लब २– १ न्युरोड टिम
त्रिभुवन आर्मी फुटबल क्लब १ – १ नेपाल पुलिस क्लब
जावलाखेल युथ क्लब ० – १ मनाङ मर्स्याङ्दी क्लब
ब्रिगेड ब्वाइज क्लब ३– २ एपिएफ फुटबल क्लब
च्यासल युथ क्लब ० – ३ थ्री स्टार क्लब
हिमालयन शेर्पा क्लब १ – १ संकटा क्लब
फ्रेण्ड्स क्लब ० – ० सातदोबाटो युथ क्लब
जम्मा गोल – १६ गोल

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com