२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र आज दिउँसो एक बजे भृकुटीमण्डपमा हुने छ ।

उद्घाटन स्थल वरिपरि झण्डा र ब्यानर बोर्ड झुण्डिएका छन् । पार्टी कार्यालय, सानेपाका अनुसार भृकुटीमण्डपको प्राङ्गणको मञ्चमा १५० जनाभन्दा धान्ने मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका विभिन्न राजनीति दलसँगै भारतको भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

कोरोना महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्रमा महाधिवेशन प्रतिनिधि र सहभागी हुने सम्बन्धित व्यक्तिमात्र आउने बताइएको छ ।

महाधिवेशनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । प्राय सबै महाधिवेशन प्रतिनिधि बिहीबार नै काठमाडौं आइसकेर महाधिवेशनको झोलासहितका सामग्री लिएर गइसकेको बताइएको छ ।

महाधिवेशनमा आएकाहरुलाई भोलिको उद्घाटन सत्रमा ब्रेकफास्ट र लन्चको व्यवस्था गरिएको छैन, डिनरमात्र व्यवस्था गरिएको छ । २५ गतेदेखि २७ गतेसम्म भने ब्रेकफास्ट, लन्च र डिनरको पूर्ण व्यवस्था गरिएको छ ।

महाधिवेशनमा खानपानको भव्य व्यवस्था गरिएको छ भने खानपानको जिम्मा गौशलाको अनुपम फूडल्याण्डले लिएको छ । र, महाधिवेशनभर फूडल्याण्डले खानपिनको प्रबन्धसहित दक्ष सेफहरु परिचालन गर्ने भनिएको छ ।

महाधिवेशनका लागि नेपाल प्रहरीले सुरक्षाको प्रबन्ध मिलाउने र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नेछ । महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com