२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

१८ लाख बालबालिकालाई पुस ४ देखि विद्यालयमै कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप

काठमाडौं । सरकारले आगामी पुस ४ गतेदेखि विद्यालयमै बालबालिकाहरुलाई कोरोनाविरुरुद्धको ‘मोडर्ना’ खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखाले पुष ४ देखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने जनाएको हो।

विभागका अनुसार पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइनेछ ।

दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने विभागको खोप शाखाले जनाएको छ । यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरिरहेको बताइएको छ ।

विद्यालयका बालबालिका विद्यार्थीहरुको तथ्यांक संकलन गरेर त्यसैअनुसार खोप केन्द्र निर्धारण गरिने भनिएको छ भने यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com