२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

कार्की र राईलाई मेरिआइडेन्टी अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । राजस्थानको जयपुरमा उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की र लेखक तथा खेलाडी रक्षकुमार राईलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सम्मान बाट सम्मानित गरिएको छ ।

भारतका प्रदेश मन्त्री एरा डी शर्माले नेपालको राष्ट्रिय झन्डा ओडाएर सम्मानपत्र मेमोन्टो सहित सम्मान गरिएको थियोे । सम्मान समारोहमा नेपाल भारत दुवई थाइल्यान्ड जापान अमेरिका लगाएत ११ देशका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिको उपस्थिति रहेको थियोे।

मेरिआइडेन्टी अन्तर्राष्ट्रिय म्यागजिनले आयोजना गरेको कार्यक्रममा नेपालका चित्रकुमार कार्की र रक्षकुमार राईलाई अन्तर्राष्ट्रिय सम्मान छनोट समितिले सम्मान दिने निर्णय गरेको आयोजक समिति अध्यक्ष डाक्टर सेर सिह बगेलाले बताएका छन् ।

कार्कीले सन मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण पर्यटन प्रवर्द्धन लगाएत नारा सहित नेपालको मेचीदेखि महाकालीसम्म उल्टो यात्रा गरेर विश्व रेकर्ड राखेका थिए । साथै अन्य पत्रकारिता सगै सामाजिक काममा समेत अग्रसर रहेका छन् ।

राई लेखक तथा खेलाडी विश्व रेकर्ड राखि सकेका ब्यक्ति हुन । कार्की र राई दुवैलाई १८ गते होटल कार्लस राजस्थानमा सम्मानित गरिएको थियोे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com