२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अब नेपालमा राजतन्त्रको कुनै भविष्य छैन : माधब कुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब कुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् ।

शुक्रबार उनले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै भने, ‘आजभन्दा १६ वर्ष पहिले नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन पाएको थिएँ । त्यतिबेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । त्यो एजेण्डामा हामीले छलफल गरेका थियौं । गिरिजाबाबु र शेरबहादुरजीको अलग–अलग पार्टी थिए, मैले दुवै पार्टीको महाधिवेशनमा भाग लिएँ ।’

उनले आजको विषय के होला ? भन्दै नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको टिप्पणी गरे । उनले भने, ‘सावधान म भन्न चाहन्छु । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउने चेष्टा नगर्नुहोस । नदीको प्रवाह अघि बढिसकेको छ ।

अब नेपालमा रजातन्त्रको कुनै भविष्य छैन् । नेपाली जनता फेरि ज्वालामुखीझैं मेचीदेखि महाकालीसम्म विष्फोट हुन्छन् । राजाले पनि एउटा राम्रो पार्टी खोले हुन्छ, होईन भने व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं । राष्ट्रियताको रक्षा हामी गर्छौं । सामाजवदाको यात्रा, सामाजिक न्याय, समानता विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नेछौं ।’

उनले राजनीतिमा धेरै विकृतिहरु रहेको भने सुनाए । उनले भने,‘विकृति राज्यसत्तामा पनि छन् । ती विकृतिहरु पन्छाउनुपर्छ । विकृतिका वाहकहरुले विकृति फैलाउने अनि हामी टुलुटुलु हेरेर बस्न सकिँदैन् । भ्रष्टाचार, मैमत्त, लोकतन्त्रको मूल्य र मान्यता कुल्चिने, अरुको मर्यादा नगर्ने प्रवृत्तिबाट अब देशलाई मुक्त गर्नुपर्छ । लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com