२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले पार्टीमा नेतृत्वको गति रोएिको बताउँदै कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्नुपर्ने सही बेला आएको बताएका छन् ।

शुक्रबार पार्टीको १४ औँ महाधिवेशनमा मन्तव्य राख्ने क्रममा उनले पार्टीमा अहिले नेतृत्वको गति रोकिएको भन्दै अब कार्यकर्ताले मूल्यांकन गर्ने बेला भएको बताएका हुन् ।

‘ कार्यकर्ताले तृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । जब कार्यकर्तासँग त्यो क्षमता हुन्छ, तबमात्रै हामी अघि बढ्न सक्छौँ,’ उनले भने, ‘अहिले हाम्रो पार्टीको, नेतृत्वको गति रोकिएको छ, पार्टीलाई यो अवस्थाबाट अगाडि बढाउनका लागि यो महाधिवेशन एउटा अवसर हो । यो भ्रष्टाचार, कमिसनतन्त्र जसरी देखिएको छ, यसबाट मुलुकलाई मुक्त गर्नका लागि हामीले अहिले सोच्ने बेला भएको छ ।’

देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको बताउँदै पौडेलले नीति तथा कार्यक्रमका बारेमा गम्भीर छलफल गर्नुपर्ने बेला आएको पनि बताएका छन् । त्यसैले यसबारे सोच्न पनि उनले सबैलाई आह्वान गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com