२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सदस्य–सचिव घिसिङलाई जुडोको बधाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाइ दिएको छ । सदस्य–सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्ष भेट गरी जुडो संघका पदाधिकारीले बधाइ दिएका हुन् ।

जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य–सचिव नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

सो अवसरमा संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई जुडो संघले हासिल गरेको उपलब्धी, प्रशिक्षकको अवस्था, प्रशिक्षण स्थलको समस्या, नेपालगन्जको जुडो एकेडेमीको अवस्थालगायतबारे अवगत गराएका थिए ।

सदस्य–सचिव घिसिङले प्रशिक्षण स्थलका विषयमा तत्काल बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै अन्यको हकमा के गर्न सकिन्छ भन्नेमा छलफल गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com