२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

कांग्रेस महाधिवेशन : आज १३४ पदका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । नेपाली काँग्रेसको शुक्रबारदेखि जारी १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ । नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

आज (शनिबार) बिहान निर्वाचन प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार कुल १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ ।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता हुनेछ । सभापतिदेखि केन्द्रीय सदस्यसम्मको पदका दाबेदारहरुको उम्मेदवारी दर्ता हुन लागेको हो । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

उम्मेदवारी मनोनयनमाथि यदि कुनै दाबी वा विरोध भएमा वा नाम फिर्ता लिन चाहेमा भोलि आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको जनाइएको छ ।

काँग्रेसको विधानमा १६७ जनाको केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये अहिले १३४ जनालाई निर्वाचित गरिनेछ । यसमा १ जना सभापति, २ जना उपसभापति, २ जना महामन्त्री तथा सहमहामन्त्री गरी ७ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । यसबाहेक केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष मनोनीत गर्ने र अन्य ३३ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउने विधानमा उल्लेख छ ।

महाधिवेशनमा मतदानका लागि ४ हजार ७४३ जना प्रतिनिधि निर्वाचित भएर आएको जनाइएको छ । उनीहरु ७७ वटै जिल्लाबाट तथा पार्टीका भ्रातृ सङ्गठनहरु, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट चुनिएर आएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com