२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कैलाली मा खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि ३१ लाखका सामग्री हस्तान्तरण

काठमाण्डौ । कैलाली कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गर्नुभयो । खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्योपचार केन्द्र, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका लागि आइसलेण्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, फ्रिजर चेष्ट, आइसप्याकलगायत गरी रु ३१ लाख ९१ हजार ३४९ बराबरका सामग्री हस्तान्तरण गरिएको सीएसएसडी कैलालीका कार्यक्रम संयोजक जगत उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरेको बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि हस्तान्तरण गरिएका सामग्रीले सहज हुने बताउनुभयो । मन्त्री खड्काले भन्नुभयो, अब कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरण गर्न सक्छौँ ।

उहाँले प्रदेश सरकार सीमानाकामा स्वास्थ्य परीक्षणदेखि होल्डिङ सेन्टरलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याउन प्रयासमा रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com