२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायकको प्रस्तुतिमा आयो ढोकै खुलेन’

प्रकाशित मिती : २५ २०७८, शनिवार

काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन्’, ‘मन बुढो भएन’ लगायतका हिट गीतका गायक सुवास पुरीको प्रस्तुति रहेको गीत ढोकै खुलेनको भिडियो सार्वजनिक भएको छ । जसमा बहुचर्चित गायक राजनराज शिवाकोटी र गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ ।

गायक तथा संगीतकार शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ । जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियो गायक पुरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com