२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कांग्रेस सभापतिमा ६ जनाको भिडन्त कस्ले मार्ला बाजि

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, प्रकाशमान सिंह, विमेलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ । दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् ।

यस्तै उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com