२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राजदूत मुकाङ्गीराले राखेको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावबारे मन्त्री आले सकारात्मक

काठमाडौं । अफ्रिकी मुलुक रुवाण्डाले नेपालमा हवाई सेवा सम्झौताको प्रस्ताव राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले आइतबार भेट गर्दै नेपाल र रुवाण्डा बीच दुई पक्षीय हवाइ सेवा सम्झौता गर्न प्रस्ताव राखेकी हुन् ।

राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएको भन्दै प्रस्ताव गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटक प्रवर्द्धनमा फाइदा हुने बताइन् । रुवाण्डाका पर्यटक भित्र्याउन नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गर्न आवश्यक रहेको उनको भनाइ छ । सम्झौताले दुई देशबीचको मित्रता थप मजबुत हुने उनको भनाइ छ ।

राजदूत मुकाङ्गीराले राखेको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावबारे मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com