२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो(प्यासिफिक बारे प्रतिबद्धता

अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो(प्यासिफिक बारे प्रतिबद्धता

लिभरपुल ृयुके, २६ मङ्सिर,(अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो(प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गर्नुभएको छ।”आज मेरो असल साथी
सँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले शान्तिपूर्ण र सुरक्षित इन्डो(प्यासिफिक, कोभिड १९ आर्थिक पुनःउत्थान र यस क्षेत्रका हाम्रा नागरिकहरू र साझेदारहरूका लागि नतिजाहरू प्रदान गर्न र सहयोग गर्न दुवै राष्ट्रहरूको गहिरो प्रतिबद्धतालाई पुनस् पुष्टि गर्यौं। “ब्लिन्केनले ट्वीटमा उल्लेक गर्नु भएको छ। बेलायतमा सम्पन्न औद्योगिक राष्ट्रहरुको समूह ९जी ७० को विदेश मन्त्रीहरुको बैठकको क्रममा दुवै नेताबीच भेटवार्ता भएको हो ।

उहाँहरूले अमेरिका(अष्ट्रेलिया गठबन्धनलाई अझ गहिरो बनाउने, अर्को दशकमा महत्वाकांक्षी जलवायु कार्यमा प्रतिबद्धताको महत्त्व र विश्वभर लोकतन्त्रको रक्षा, सुदृढीकरण र नवीकरण जारी राख्न समान विचारधाराका सहयोगी र साझेदारहरूको आवश्यकताबारे पनि छलफल गर्नुभएको, विदेश मन्त्रालयका प्रवक्ताले जनाउँनुभएको छ।

उहाँहरूले युक्रेन विरुद्ध रुसको चलिरहेको आक्रामकता बारे पनि चिन्ता व्यक्त गर्नुभएको छ । धम्की वा जबरजस्तीको सहारा नगरी क्रस(स्ट्रेट मुद्दाहरूको शान्तिपूर्ण समाधानको लागि समर्थन दोहोर्याउँदै विश्वव्यापी स्वास्थ्य विकासमा ताइवानको महत्त्वपूर्ण योगदानमा समेत जोड दिएको जनाइएको छ।विज्ञप्तिमा भनिएको छ, ‘दुवै नेताले यस क्षेत्रमा संयुक्त प्रयास गर्न र कोभिड–१९ बाट ग्रस्त क्षेत्रको राम्रोसँग पुनस् निर्माण गर्न प्रतिवद्धता’ जनाएका छन् । (रासस(एएनआई)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com