२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

हरर फिल्म हेरेकै छैन, राति ऐना पनि हेर्न सक्दिनँ : उषा रजक

काठमाडौं । करिब आठ वर्षअघि अभिनेत्री उषा रजकले ‘कथा’ नामक चलचित्रमा काम गरेकी थिइन् । उषाले ‘कुसुमे रुमाल २ कथा इकु’ लगायतका चलचित्रमा काम गर्दा राम्रै चर्चा पनि पाइन् । तर, चलचित्र क्षेत्रमा खासै सफल हुन नसकेपछि उषा विदेशतर्फ लागिन् ।

उनी लामो समयपछि चलचित्र ‘कठपुतली’बाट कमब्याक गर्दैछिन् । हरर जनराको यो चलचित्रमा काम गर्न पाउँदा उषा उत्साहित छन् । उनी भन्छिन्, ‘मलाई भूतप्रेतसँग एकदमै डर लाग्छ । मैले आजसम्म हरर चलचित्र नै हेरेकी छैन । म राति त ऐनामा आफ्नो अनुहार समेत हेर्दिनँ ।’

सन् २०१८ मा यूएनडीपीमा काम गर्दा आफूलाई यो चलचित्रको अफर आएको भन्दै उनले भनिन्, म विदेश छाडेर नेपाल आएकी हुँ । यसपछि मलाई फेरि विदेश जानु परेको छैन । किनकि नेपाली चलचित्र क्षेत्रको विकास पनि राम्रोसँग भइरहेको छ । कलाकारहरु यो क्षेत्रमा काम गरेर नै जीवन जिउन सक्ने भएका छन् ।’

उषाले अब आफू निरन्तर यो क्षेत्रमा लाग्ने बताइन् । उनले अगाडि भनिन्, यो चलचित्रमा मलाई लेखिका सम्पदा मल्लले अनुबन्धित गरेकी हुन् । यसअघि मलाई पुरुष मेकरले अनुबन्धित गर्नुहुन्थ्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com