२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

अखिल क्रान्तिकारी केन्द्रीय समितिले लामो समयपछि पूर्णता पाए लगतै पञ्च सिंहको विरोध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले लामो समयपछि केन्द्रीय समितिलाई पूर्णता दिएको छ । २२ औं राष्ट्रिय सम्मेलनमा अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यसमेत टुङ्ग्याउन नसेको अखिल (क्रान्तिकारी) ले आज सामाजिक सञ्जालमा केन्द्रीय समितिको नाम र प्रदेश समितिको पदाधिकारीहरुको नाम टुङ्ग्याएको अध्यक्ष पञ्चा सिंहले सार्वजनिक गरेकी छिन् ।

सिंहले यसरी केन्द्रीय समिति र प्रदेशहरुकोसमेत पदाधिकारी एका एक समाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि अहिले उनको व्यापक विरोध भएको छ । अखिल (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताले अध्यक्ष सिंहको व्यापक विरोध गर्दै यो निर्णयबाट तत्काल पछि हट्न भनेको छ ।

उनीहरुले केन्द्रीय समिति टुङ्ग्याउने विषयमा कुनै छलफल र बहसबिना आफूखुसी आफ्नो नजिकको मान्छेलाई मात्र समेटेर समितिलाई पूर्णता दिएको आरोप लगाएका छन् । अध्यक्ष सिंहले घोषणा गरेको समिति समानुपातिक समावेशिताको आधारभन्दा पनि बाहिर रहेर निर्णय भएको भन्दै उनलाई प्रतिगमनको मामलामा ओलीलाई उछिन्न खोजेको आरोप लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com