२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौँ । विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै सुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।

जात्राका लागि सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी भित्र्याएका छन् । हिजो कीर्तिपुर दरबार क्षेत्रमा रहेको इन्द्रायणी मन्दिर, नगाउँको बालकुमारी, पांगाउँको विष्णुदेवी मन्दिरलगायत सातगाउँका गुठियारहरूले पूजाआजा गरी मन्दिरबाट देवता बाहिर ल्याएका छन् ।

जात्राका लागि कलात्मक झ्याल–ढोका भएका मन्दिर, चैत्य, ढुङ्गेधारा, टोल चोक सिङ्गारपटार गरी चिटिक्क बनाइएको छ । जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ९, १०, ११ र १५ नम्बर वडामा आज स्थानीय बिदा दिइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com