२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

मन्त्री श्रेष्ठले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताए

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पुननिर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारी सिर्जना गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्रहरु देशभर विस्तार गर्न लागिएको बताए।

उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने बताए। वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । वैदेशिम रोजगारबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उहाँले बताए।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले नयाँ भवन निर्माण भएपछि तालिम तथा विभिन्न किसिमका परीक्षा संचालन गर्न सहज हुने बताउनुभएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com