२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

जनप्रगतिशील मञ्च बेलायतको अध्यक्षमा :मान गुरुङ

ब्रसेल्स । नेपाली जनप्रगतिशील मञ्च बेलायतको चौथो सम्मेलनले अध्यक्षमा मानबहादुर गुरुङलाई निर्वाचित गरेको छ । आइतबार भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलनले आगामी कार्यकालका लागि गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तरगत नेपाली जनप्रगतिशील मञ्च बेलायतको सम्मेलनले ३३ सदस्यीय कमिटी चयन गरेको छ । सम्मेलनबाट उपाध्यक्षमा तुल छन्त्याल, शेरसिं ठकुरी, नवीन स्याङतान र फुलप्रसाद कँडेल निर्वाचित भएका छन् । महासचिवमा विमला लिम्बु, सचिवमा राजमनी राई र कान्छाराम बुढाथोकी ‘विनय’ निर्वाचित भएका छन् । सम्मेलनले कोषाध्यक्षमा कपिल श्रेष्ठ र सहकोषाध्यक्षमा माया केसीलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा राममणि रिजाल, हरिकृष्ण पौडेल, विष्णु चालिसे, रुद्र गैरे, मिलन लिम्बु, विपिन गुरुङ, अरुण थापा, जीत गिरी, महेश देवकोटा, कृष्ण खनाल, सन्तोषी नाल्बो, दिपककुमार गुरुङ, लाक्पा डोमा शेर्पा लामा, गंगाकुमारी गुरुङ, विशाल गोले तामाङ, राजेन्द्र गुरुङ, वीर बराल, सागर सुब्बा, मेख गुरुङ, रचना राई, हरि अर्याल, विष्णुमाया बस्नेत, रवि घिमिरे र ललित परियार निर्वाचित भएका छन् ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्मेलन नेकपा माओवादी पार्टी प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा भएको थियो । सम्मेलनमा विशिष्ट अतिथिको रुपमा बेलायतका कार्यवाहक नेपाली राजदूत एवम् उपनियोग प्रमुख रोशनी खनाल रहेकी थिइन् । जनप्रगतिशील मञ्च बेलायका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा अन्य राजनीतिक दलनिकट प्रवास संगठनका प्रमुख एवम् प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनलाई जनता समाजवादी पार्टीका चन्द्र गुरूङ, नेकपा एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्चका कृष्ण तिवारी, राष्ट्रिय जनमुक्ति पार्टी निकट जनमुक्ति मञ्च बेलायतका अध्यक्ष नारायण पुन, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका ज्ञानराज राई, नेपाल पत्रकार महासघ युकेका पुर्व अध्यक्ष नरेश खपाङ्गीमगर, वर्तमान अध्यक्ष ध्रुवराज अर्याल, तमु राष्ट्रीय मुक्ति मोर्चा युरोप ईन्चार्ज मनिस गुरुङ, मगर राष्ट्रीय मुक्ति मोर्चा प्रबास ईन्चार्ज विरमान मगर लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम सञ्चालन मञ्चका नेता तुल छन्त्यालले र स्वागत मन्तब्य महिला विभाग प्रमुख विमला लिम्बुले राखेकी थिइन् । नेकपा विभाजन भएर पूर्ववत् नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भएसँगै जनप्रगतिशिल मञ्च बेलायतले पहिलो पटक सम्मेलन गरेको हो । तीन तहको निर्वाचन हुने सम्भावना बढेसँगै देशका सबै राजनीतिक दलहरू आफ्नो प्रवास सगठनहरुको धमाधम अधिवेशन गरिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com