२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

करिना र अमृतालाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री करिना कपूर र अमृता अरोडालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार करिना र अमृताको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु कोभिड नियमको अवहेलना गर्दै विभिन्न पार्टीहरुमा सामेल भएको र त्यहाँबाट संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ । उनीहरुमा कोरोना संक्रमण देखिएपछि बृहत मुम्बई म्युनिसिपल कर्पोरेसन ९बीएमसी०ले करिना र अमृताको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गर्न निर्देशन दिएको छ ।
करिना र अमृता राम्रा साथी हुन् । उनीहरु प्रायःजसो सँगै विभिन्न जमघट तथा पार्टीहरुमा पुग्ने गर्छन् ।

दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न मुलुकमा पुगेसँगै मानिसहरुमा फेरि त्रास बढ्न थालेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com