२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन

कठमाण्डौँ। नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । अरु पदाधिकारी भने चुनिएका छैनन् ।

गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सचिव समेत रहेकी गुरुङ माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।

पार्टीको पहिलो प्रदेश अधिवेशनले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने गुरुङको भनाइ छ । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए । तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए ।

१५ दिन अगाडि नै सम्पन्न भएको नेकपा माओवादी केन्द्रको पोखरा महानगर अधिवेशनले संगठनात्मक समिति बनाए पनि पदाधिकारी भने अझै चुन्न सकेको छैन । आकांक्षी धेरै हुँदा सर्वसम्मत गर्ने नाउँमा ९९ सदस्यीय कमिटीमात्र घोषणा गरिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com