२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई

कांग्रेस सभापतिको निर्वाचनमा पहिलो चरणबाट बाहिरिएका एक उम्मेदवार प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन्।

दोस्रो चरणमा सभापति पदका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।

ूउहाँले यस पटक मलाई सहयोग गर्नूस् विधानमा र पार्टीमा भइरहेका कमीकमजोरीमा सल्लाह गरेर कामे गर्छौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ । अब दोस्रो चरणमा हामीहरू उहाँलाई नै समर्थन गर्छौँ, सिंहले भने।

पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि कांग्रेसको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणमा मङ्गलवार साढे ३ बजेदेखि मतदान हुँदैछ।

सिंहले आफ्नो निवास चाक्सीबारीमा त्यस्तो घोषणा गर्दा देउवा र सिंहको प्यानलबाट उपसभापति उम्मेदवार सुजाता कोइराला साथमै उभिएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com