२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

निफ्राको लाभांशमा कडाई, राष्ट्र बैंकको ८७ बुँदे निर्देशन

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकको लागि जारी गरिएको निर्देशन, २०७५ को विभिन्न निर्देशनहरुमा संशोधनरपरिमार्जनरनयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले हाल नेपालमा एक मात्र पूर्वाधार विकास बैंकको रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ८७ बुँदे निर्देशन जारी गरेको हो ।

निर्देशिका मार्फत् राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाभांशमा कडाई गरेको छ । पूर्वाधार विकास बैंकको रुपमा निफ्रा मात्र रहेको हुँदा यो निर्देशन निफ्रालाई लागू हुनेछ ।

नाफा नोक्सान हिसाबमा लेखाङ्कन नभईमार्फत लेखाङ्कन हुने आय पछि मा लेखाङ्कन हुँदा वा लाभांश वितरण गर्ने गरी लेखाङ्कन हुँदा २० प्रतिशत रकम मा जम्मा गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार ऋणीले पेश गरेको लिखित कार्य योजनामा पूर्वाधार विकास बैंक विश्वस्त भएमा कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने भएको छ । त्यसको लागि कर्जा सम्बन्धी कागजात तथा सुरक्षण पर्याप्त भएको प्रमाण, कर्जा असुल हुने सम्भावनाबारे पूर्वाधार विकास बैंक विश्वस्त भएको आधार, र कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न लिखित कार्ययोजना पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पूर्वाधार विकास बैंकले व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहारर चिठ्ठा र प्रतियोगिता रपुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् ।

त्यसैगरी, यसअघि ३० दिनभित्रमा प्रतिवेदन पेश गरे हुने व्यवस्था रहेकोमा अब पूर्वाधार विकास बैंकले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतीत भएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com